मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवसमा प्रभातफेरी(तस्वीरहरु)
मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा देशैभरी जस्तै हेटौंडामा पनि प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
तिनै तहको सरकारः मानव बेचविखन विरुद्धको सरोकार भन्ने नारा सहित आयोजित प्रभातफेरीको मानव अधिकार संरक्षण तथा बेचविखन विरुद्धको संजाल मकवानपुरले समन्वय गरेको थियो । कार्यक्रममा मानव अधिकारसंग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, जिल्ला प्रहरी लगायतको सहभागीता रहेको थियो ।
प्रभातफेरीमा सभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाज भित्र हुने जघन्य अपराधहरु भित्र पर्ने भएकोले सबै सचेत हुनुपर्ने बताएका छन् । समाजमा मानव ओसार पसारको भिन्न भिन्न रुप देखिन थालेकोले शिक्षित पनि यसको शिकार भएको भन्दै यस बिरुद्ध लड्न समाज नै जागरुक हुनुपर्ने बताए।
भुटनदेवी स्कुलबाट सुरु भएको प्रभातफेरी बुद्धचोकमा पुगेर कोणसभा गरिएको थियो । यस्तै सामाजिक विकास मन्त्रालयले आज अन्तरक्रिया समेत गरेको छ ।