माओवादी केन्द्र थाहा र इन्द्रसरोवरले टुङ्गायो उम्मेद्वार
नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी तथा ईन्द्रसरोवर गाउँपालिका कमिटीले मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनको लागी उम्मेद्वार सिफारिस गरेको छ ।
दुबै पालिकाको १८ भदौमा बसेको पदाधिकारी बैठकले उम्मेद्वार सिफारिस गरेको हो। प्रतिनिधि सभा २ मा दुबै पालिकाले नेता रामनारायण बिडारीलाई सिफारिस गरेको छ भने प्रदेश सभा २ क तर्फ पनि दुबै पालिकाले नेताहरु कुमारी मोक्तान, बिष्णुहरी ढकाल जंगली, लबशेर बिष्ट, सन्तोष बिष्ट तथा प्रकाशचन्द्र पाण्डे प्रलोकलाई सिफारिस गरेको छ ।
यस्तै प्रदेश समानुपातिक तर्फ थाहाले ज्योति रायमाझीलाई सिफारिस गर्दा ईन्द्रसरोवरले ज्योती रायमाझी, अप्सरा लामा, विर्जुपदम लामा र रन्जित राणालाई सिफारिस गरेको छ ।