प्रथम नागस्वती भेट्रान्स फुटबलः आइतबारको पहिलो खेलमा हेटौंडा भेट्रान्स विजयी

छहारी संवाददाता
भदौ १९, २०७९

प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज बिहान भएको पहिलो खेलमा हेटौंडा भेट्रान्स क्लब विजयी भएको छ ।

खेलको १९ औं मिनेटमा अजय मानन्धरले गरेको गोल हेटौंडा भेट्रान्सका लागि निर्णयक बन्यो । खेलमा हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य उत्कृष्ट खेलाडी हुँदै म्यान अफ द म्याच हुन सफल भए । प्रतियोगिता अन्तरगत आज ५ खेल हुने भनिएपनि वर्षाका कारण प्रभावित हुने देखिएको छ ।

आज बिहान हुने भनिएको चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीचको दोस्रो खेल दिउसो १ बजेका लागि सारिएको आयोजकले जनाएको छ । यस्तै तेश्रो खेल दिउँसो २ बजे काल भैरव भेट्रान्स र अभिषेक चर्च भेट्रान्स नवलपरासी बीच हुनेछ ।

चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्स बीच हुनेछ भने पाँचौ खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्स बीच हुने तालिका रहेको छ । खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

हेटौंडा ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबार देखी सुरु भएको प्रतियोगितामा देशभरका ४० वर्ष उमेर पुगेका पुर्व राष्टि«य खेलाडीहरुको १७ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*