हेटौंडा जेसिजले भदौ १९ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्दै

भोली बिहान हेटौंडा ५ हुँदै मनकामना मन्दिरसम्म साइक्लिङ्ग रेसको आयोजन
छहारी संवाददाता
भदौ १७, २०७९

हेटौंडा जेसिजले भदौ १९ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्दैछ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम बारे जानकारी दिएको हो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौ १९ गते आइतबार लागूऔषध सम्बन्धि सचेना कार्यक्रम र सीप विकास तालिम आयोजना गरिने हेटौंडा जेसिज २०२२ का अध्यक्ष पवन कुमार कंशाकारले जानकारी दिनुभयो ।

यस्तै २० गते रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफुल वितरण गरिनेछ भने भदौ २१ गते जेसीज र बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल कार्यक्रम, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको अध्यक्ष कंसाकारले जानकारी दिनुभयो । यसैगरी २२ गते वृक्षारोपण र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, २३ गते अम्बिका देवी स्मृती हाजिरीजवाफ प्रतियोगिता गरिनेछ।

भदौ २४ गते मधेश प्रदेश र बागमती प्रदेश छुट्याउन बारा र मकवानपुरको सिमाना चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखिने तथा हेटौंडा ९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने जनाइएको छ। सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन २५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको हेटौंडा जेसिजले जनाएको छ।

यसैबीच जेसीजले भोली शनिबार बिहान हेटौंडा ५ हुदै मकवानपुरगढी ३ मा रहेको मनकामना मन्दिरसम्म साइक्लिङ्ग रेसको आयोजन गरेको हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले केही प्रतियोगितामा नगद र प्रमाणपत्रको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जेसीज सप्ताह मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ, सह संयोजक महेश अधिकारी लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*