टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो साधारण सभा तथा अधिवेसन आज हेटौंडामा भएको छ । अधिवेसनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले हेटौंडाबाट सबैले धेरै काम सिक्नेगरी काम गर्न आग्रह गर्नु भएको छ ।
प्रत्यक टोल विकास संस्थाले कार्ययोजना बनाएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । हेटौंडालाई एक नम्बरको नगर बनाउन टोल विकास संस्थाका प्रत्यक सदस्य सक्रिय हुनु पर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले हेटौंडाको वडा संगै टोलटोलमा विकास गर्ने अभियानमा आफुहरु लागिपरेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा–११ का वडा अध्यक्ष जुना दाहाल, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, टोल विकास संस्था नगरसमन्वय समितिका निवर्तमान अध्यक्ष इश्वर ढुंगाना, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ठ, टोल विकास संस्था नगरसमन्वय समितिका महासचिब शिबहरी दाहाल, कोषाध्यक्ष चन्द्रावती पनेरु अधिकारी लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।