कोरोना संक्रमणबाट मकवानपुरका थप दुई जनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मकवानपुरका थप दुई जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालका अनुसार, जिल्लाका कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा हेटौंडा–११ की ७१ वर्षीया महिला र थाहा नगरपालिकाका एक जना रहेका छन् । उनीहरुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । साभारः तुखबर डटकम ।