न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

छहारी संवाददाता
साउन १६, २०७९

न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको छ ।

न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनले गएको जुलाई २३ तारिखमा नै मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।

यसैबीच, भारतमा मङ्कीपक्सको जोखिम बढेपछि यसको निगरानी र रोकथामका लागि टास्क फोर्स गठन गरिएको छ । भारतमा अहिलेसम्म चार जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको  पुष्टि भएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*