पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढे
पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यस वर्ष पोलियो भाइरस बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
साथै उहाँले पोलिया सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । प्रधानमन्त्री शरिफले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्ससँग सार्वजनिक स्वास्थ्यबारे केन्द्रित रहेर कुराकानी गर्नुभएको छ ।
फोनवार्तामा बिल गेट्सले पोलियोविरुद्धको कार्यक्रममा आफ्नो सहयोग रहने बताएका प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साभारः उज्यालो अनलाइन ।