अपराध न्यूनीकरणमा कुनै कसर बाँकी नराख्ने मकवानपुरका एसपी गौतमको भनाई
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले अपराध न्यूनीकरणमा कुनैपनि कसर बाँकी नराख्ने बताउनु भएको छ ।
मकवानपुरका संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै उहाँले मकवानपुरलाई स्वच्छ, स्वस्थ र अपराध न्यूनीकरण गरिने बताउनुभयो । मकवानपुर जिल्ला लागूऔषध ओसार पसारका लागि केन्द्रनै बनेकाले यसको न्यूनिकरणका लागि लागिपर्ने बताउनुभयो ।
लागूऔषध सेवनगर्नेहरु र ओसारपसार गर्नेहरु धेरै रहेको बताउनुभयो् । अहिले पछील्लो समयमा चेक अनादरका मुद्धाहरु धेरैनै आउने गरेको उहाँले बताउनुभयो । पछील्लो समयमा साइबरक्राइमका मुद्धाहरु धेरैनै बढेको उहाँले बताउनुभयो ।