चाइनाको युनान प्रदेश र हेटौंडा बिच भगिनी सम्बन्ध
बाह्य मुलुकसँग सम्बन्ध र सम्पर्क बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाले चाइनको युनान प्रदेससँग भगिनी सम्बन्धको तयारी थालिएको छ ।
नेपाल चाईना एक्जुकेटिभ काउन्सिल मार्फत हेटौंडा र युनान बिच भगिनी सम्बन्धको तयारी गरेको हो । तयारी अनुरुप सम्बन्ध कायम गर्नका लागि युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाण्डौका प्रमुख उ लिन छन सहितको तिन सदस्य टोली हेटौंडा आएको छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडासँग सम्बन्ध बनाउने अभियानमा उनिहरुले सहयोग गर्ने भएका छन् । बार्षिक करिब ५० लाख बराबरको सहयोग गर्ने तयारी अनुसार चालु बर्षमा हेटौंडाको बिभिन्न वडाहरुमा काम गर्ने गरी अनुगमन समेत गरेका थिए ।
शुक्रबार हेटौंडा उपमहानगरका ५ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनिहरुले सहयोगको बाटो खोलेको बताएका छन् । कोरोना संक्रमण दर बढ्दै गएको समयमा उनिहरुको सहयोगमा माक्स, सेनेटाइजर, एन्टीजिन ््किट सहितको सामग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तर गरेको हो ।
सहयोग हस्तान्तरण पछि हेटौंडा उपमहानगरको चार वटा वडाका लागि ‘खुल्ला जिम अभ्यास’ केन्द्र सञ्चालनका लागि अनुमगमन गरेको हो । युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाण्डौका प्रमुख उ लिन छन सहित हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपाने, ९ का अध्यक्ष सुकराम केसी, १८ का अध्यक्ष अनिल बानियाँ सहितको टोलीले हेटौंडा १४, ८, ९ र १८ नम्बरमा रहेका सार्वजनिक जमिनको अनुममन र निरीक्षण गरको थियो ।