खोलाले बगाउँदा जितबहादुर प्रजाको मृत्यु, शव आज परिवारको जिम्मा लगाइने

छहारी संवाददाता
साउन १३, २०७९

कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५८ वर्षीय जितबहादुर प्रजा रहेका छन् । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट खाद्य सामग्री खरिद गरी वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ फर्कने क्रममा प्रजालाई बुधबार दिउँसो खोलाले बगाएको थियो । उनको शव नागछेडामा भेटिएको वडा नम्वर ७ का वडाध्यक्ष उदाश कुमार भोलनने जानकारी दिनुभयो ।

वर्षाको कारण प्रजाको शव बिहीबार साँझ मात्र पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । शवलाई आज शुक्रबार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने वडाध्यक्ष भोलनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*