हेटौंडाकी मेयर मिना लामाद्वारा सम्पती विवरण सार्वजनिक

१५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक २० हजार रुपैयाँ बैंकमा मौज्दात रहेको उल्लेख
छहारी संवाददाता
साउन ९, २०७९

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नु भएको छ ।

लामाले सार्वजनिक गरेका सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक २० हजार रुपैयाँ बैंकमा मौज्दात रहेको उल्लेख छ ।

यसअघि ५ बर्ष उपमेयरको जिम्मेवारी सम्हालिसक्नु भएकी लामाले पारिश्रमिक वापत पाउँने ४० हजार रुपैयाँ कृषि विकास बैकमा रहेको र अन्य कुनैपनि कारोवारमा आफु संलग्न नरहेको जानकारी दिनुभएको छ ।

उहाँले ससुरा कान्छा लामाको नाममा हेटौंडा–१ चाइनाक्वाटरमा ११ धुर, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ ।

त्यस्तै श्रीमान सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको र ४० लाख बराबरको ट्याङकर रहेको तथा छोरा सुमितको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको सार्वजनिक सम्पती विवरणमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*