अन्डर-२० साफ च्याम्पियनशिप पुरुष फुटबलमा माल्दिभ्स नेपालसंग ४-० पराजित

छहारी संवाददाता
साउन ९, २०७९

२० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे छ ।

भारतको भुवनेश्वरमा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे हाे । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयाे ।

आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदाे आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदाे मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*