मकवानपुरगढी गाउँपालिकाबाट हटाइएका कर्मचारीद्वारा करार अवधि थप गर्न माग
मकवानपुरगढी गाउँपालिकाबाट हटाइएका कर्मचारीले आफ्नो करार अवधि थप गर्न माग गरेका छन् ।
गाउँपालिकाले म्याद थप नगरेर चालु आर्थिक वर्षको साउन १ गते देखि हटाइएकाका कर्मचारीहरुले आज गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानलाई ज्ञापनपत्र बुझाउँदै म्याद थपको माग गरेका हुन् ।
उनिहरु २०७४ सालदेखि गाउँपालिकाको विभिन्न शाखामा कार्यरत थिए । पालिकाका कार्यरत कर्मचारीलाई हटाएर फेरी नयाँ नियुक्त गर्दा काममा समेत असर गर्ने भएकाले कार्यरत कर्मचारीहरुको करार थप गर्न आग्रह गरिएको हो ।
ज्ञापनपत्रसहित