बागमती प्रदेश युवा परिषदले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय युवा दिवस मनाउने
बागमती प्रदेश युवा परिषदले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।
परिषदको आज हेटौंडामा बसेको बैठकले अन्तरपुस्ता एक्यवद्धताः सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री एवम् प्रदेश युवा परिषद्का अध्यक्ष रत्न प्रसाद ढ़कालको अध्यक्षतामा बसेको बैठकले युवा दिवस मनाउन १०१ सदस्य मूल समारोह समिति गठन समेत गरेको छ ।
बैठकले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउने निर्णय गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । अन्तराष्ट्रिय युवा दिवस मुल समारोह तयारी बैठकले विगतका वर्षहरुमा जस्तै यही साउन २७ गतेका दिन युवाका क्षेत्रमा कार्यरत व्यक्ती, संस्था र सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ मनाउने तयारी गरेको छ ।
यस्तै बृक्षारोपण, प्रभातफेरी कार्यक्रम, रक्तदान, खुल्ला साइकलिङ, पदयात्रा, सरसफाइ लगायतका कार्यक्रम गरिने चौलागाईले बताउनुभयो । मन्त्री ढकालको अध्यक्षतामा गठन गरिएको मुलसमारोह समितिमा प्रदेश युवा परिषद्का पदाधिकारी तथा सदस्यरु, जिल्ला युवा समितिका अध्यक्षहरु, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।