कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
नेपालमा लामो समयपछि कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको हो ।पछिल्लो २४ घण्टामा ३४७ नयाँ संक्रमित थपिएका छन् ।मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३०३ र एन्टिजेन परीक्षणबाट ४४ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २३६० पीसीआर र १५२८ एन्टिजेन गरी ३८८८ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । ९५ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३१७७ पुगेको छ ।
मन्त्रालयका अनुसार यी मध्ये ३०३५ जना होमआइसोलेसनमा रहँदा १४२ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ । २२ जनाको आइसीयूमा राखी उपचार भइरहेको छ। २ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । साभारः हेल्थपाटी डटकम ।