सामुदायिक सेवा केन्द्र मकवानपुरद्वारा डीआईजी बज्राचार्यको स्वागत

छहारी संवाददाता
साउन ८, २०७९

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यको स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बज्राचार्यले बागमती प्रदेश प्रहरीको प्रमुख हुन पाउनु गौरवको बिषय भएको भनाइ राख्नुभयो । उहाँले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।

लागू औषध दुर्ब्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा पनि प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने जानकारी दिनुभयो । प्रदेशमा ट्राफिकको समस्या पनि देखिएको भन्दै यसको समाधानमा जनप्रतिनिधिलगायत सर्बसाधारणको पनि साझेदारी हुनुपर्ने बताउनुभयो ।

आपराधिक क्रियाकलाप समाजमा देखिएमा प्रहरीलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने पनि प्रदेश प्रहरीको योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका पुर्वप्रमुख रघुनाथ खुलालले अप्ठ्यारोमा समयमा पनि सामुदायिक सेवा केन्द्रले महत्त्वपूर्ण काम गरेको स्मरण गर्नुभयो । हामी सबैको चाहना शान्ति र समृद्धि हो भन्दै उहाँले हामी सबै समाजमा हुने अपराध रोक्न हातेमालो गर्ने उहाको भनाई थियो।

समाजलाई रूपान्तरण गर्न हरेक क्षेत्रको सकारात्मक भुमिका हुनुपर्नेमा उहाको जोड थियो। प्रहरी सङ्गको सहकार्य जरुरी रहेको भन्दै समाज सुधारका लागि राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने उहाँको धारणा थियो ।

सामुदायिक सेवा केन्द्रले सकारात्मक र रचनात्मक काम गरेकोमा धन्यवाद समेत दिनुभयो । यस्तै हेटौंडा क्याम्पसका अध्यक्ष आनन्द राम पराजुलीले सामुदायिक सेवा केन्द्रले धेरै राम्रा राम्रा काम गरेको भन्दै प्रसंशा गर्नुभयो । समाज सुधार्न हामी सबै तयार हुनुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले प्रहरी नागरिक साझेदारीमा काम गर्ने बताउनुभयो ।

भुकम्प, कोभिड १९ को महामारीमा सामुदायिक सेवा केन्द्रले विशेष अभियान चलाएर काम गरेको जानकारी दिनुभयो । प्रहरीको सकारात्मक सहयोगले भएरहित समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरीरहेको बताउनुभयो । अहिले संस्थाले आपतकालिक सामुदायिक उद्दार केन्द्र तथा एम्बुलेन्स सन्चालनमा ल्याएको बताउनुभयो । यसैगरी सोही कार्यक्रममा कार्यालय परिसरमा बृक्षरोपण गरीको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*