काठमाण्डौमा १८ वर्षमाथिका नागरिकलाई आजदेखि कोरोना विरुद्धको बुस्टर खोप दिइँदै
काठमाण्डौमा १८ वर्षमाथि उमेर समूहका नागरिकलाई मंगलबारदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइँदैछ ।
काठमाण्डौका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियान ६ गतेसम्म सञ्चालन हुनेछ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने कार्यालयले जनाएको छ । यद्यपी ज्वरो आइरहेका र अन्य कारणले बिरामी परेकाले भने खोप नलगाउन डाक्टरहरुले सुझाव दिएका छन् ।
खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।