हेटौंडा अस्पतालमा ओपीडी र आकस्मीक टिकट शुल्कमा भारी वृद्धि
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले टिकट शुल्कमा वृद्धि गरेको छ । बीमाबाट उपचार सेवा लिनेहरूका लागि ओपीडी र आकस्मीक शुल्क वृद्धि गरिएको हो ।
ओपीडी टिकटको दुई सय र आकस्मिक टिकटको चार सय बनाइएको छ । यसअघि ओपिडी टिकटको मुल्य ३० रूपैया थियो भने इमरजेन्सी टिकटको मुल्य ४० रूपैया थियो । बिमाबाट सेवा लिँदा तत्काल पैसा बुझाउनु नपरेपनि मुल्यबृदिले सेबाग्राहीलाई मारमा पारेको छ ।
स्वास्थ्यबीमा कार्यक्रम मार्फतको टिकटमा मात्र शुल्क वृद्धि भएको हो । स्वास्थ्य बीमा नभएका बिरामीको हकमा भने पुरानै शुल्क यथावत छ । हेटौंडा अस्पतालका हेल्थ इन्सुरेन्स फोकल पर्सन सुधिर शाहले भने पहिले देखि नै बीमा बाट ओपीडी शुल्कदुई सय नै काटीरहेको दाबी गरे ।
यसअघि टिकट मुल्य ३० रुपैयाँ प्रिन्ट भएपनि बीमाबोर्डले २०० रूपैया नै भुत्तानीगर्ने गरेको शाहले बताउनुभयो । स्वास्थ्यबीमालागू भएका सबै अस्पतालमा टिकट शुल्क समान रहेको शाहको भनाई छ । टिकट शूल्कभित्रबाट दिशा, पिसाब, रगत जाँच र इसिजि पनि समावेश गरिएको शाहले बताउनुभयो ।
स्वास्थ्यबीमा योजनामा पाँच जना सम्मको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम रकम बुझाएर एक लाख बराबरको स्वास्थ्य उपचार सुविधाप्राप्तगर्न सक्ने प्रावधान छ ।