प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना
आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातार झरी पर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश-१, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अरु प्रदेशमा मौसम सफा रहनेछ । तराईमा हिजो अस्ति जस्तै चर्को घाम लाग्नेछ ।
तराईरमधेसमा गर्मीले जनजीवन प्रभावित भएको छ । अहिले देशैभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पर्सिदेखि भने मौसममा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले काठमाण्डौ उपत्यकासहित देशभर नै मौसम सफा रहेको छ । आज पनि काठमाण्डौमा घाम लागेको छ। साभारः उज्यालो अनलाइन ।