जनवादी गायक जीवन शर्मालाई बासुदेव रिजाल स्मृति साहित्य सम्मान दिइने

बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गरिने
छहारी संवाददाता
असार २९, २०७९

जनवादी गायक जीवन शर्मालाई आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिकामा सम्मान गरिने भएको छ । बासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरको आयोजनामा मकवानपुरगढी गाउँपालिका–३ मा रहेको भानु माविमा बिहान ११ बजे आयोजना हुने साहित्यिक कार्यक्रममा शर्मालाई सम्मान गर्न लागिएको हो ।

जनवादी गायक शर्मालाई बासुदेव रिजाल स्मृति साहित्य सम्मानसहित नगद १५ हजार रुपैयाँ नगद राशी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । यसैगरी प्रतिष्ठानले बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गरिने भएको छ । जसको नगद राशी पनि १५ हजार रहेको छ ।

उक्त अवसरमा गाउँपालिका स्तरिय मावि तहका विद्यार्थी बीच कविता प्रतियोगिता पनि आयोजना गरिने प्रतिष्ठानकी सदस्य अनिता न्यौपानेले जानकारी दिनुभयो । प्रतिष्ठानले विद्यालयमा आदिकविको प्रतिमा स्थापना गरेर हरेक वर्ष साहित्यक कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

यसैबीच आजै जनवादी गायक शर्माको एकल साँझ आयोजना हुँदैछ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा अपरान्ह ४ बजेबाट शर्माको प्रस्तुति सुरु हुने सङ्घका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*