हेटौंडामा बुधबार जनवादी गायक जीवन शर्माको एकल साँझ आयोजना हुँदै
हेटौंडामा बुधबार जनवादी गायक जीवन शर्माको एकल साँझ आयोजना हुँदैछ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा अपरान्ह ४ बजेबाट जीवन शर्माको प्रस्तुति सुरु हुनेछ ।
चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको यो हेटौँडामै पहिलो एकल गायन प्रस्तुति हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतहरूमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत रुपमा लागि रहेका शर्माका हालसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड छन् ।
शर्माका ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको‘’, ‘झरनाको चिसो पानी‘।’, ‘चाहिँदैन मलाई सिसाको महल‘’ लगायत अनेकौं गीतहरूआमनागरिकको मनमा बस्न सफल भएका छन् । कार्यक्रममा प्रवेशका लागि एक सय ९विद्यार्थीका लागि०, तीन सय र पाँच सय दरका टिकटहरूको व्यवस्था गरिएको प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।