हेटौंडाका पशुपालक किसानलाई अनुदानः गाइ पालन, पाडापाडी, बंगुर, माछा, हास पालनमा प्रोत्साहन

छहारी संवाददाता
असार २९, २०७९

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पशुपालक किसानलाई लक्षित गरेर बिभीन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरिएको हो । पशुपन्छी विकास तर्फ कृषकसंगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई काउ म्याट वितरण गरिएको उपमहानगरपालिका आर्थिक विकास महासाखाका प्रमुख गंगा चौलागाईले बताउनुभयो ।

यसैगरी पाडा पाडी अनुदान १५ वटा समुहलाई ३ सय वटा वितरण गरिएको छ । युवा लक्षित अनुदान १० वटा फार्मलाई एक लाखका दरले वितरण गरिएको उहाँले बताउनुभयो । यसैगरी माछा तथा हाँस पालन अनुदान ९ वटा फार्मलाई वितरण गरिएको छ । बंगुर पालन अनुदान १७ वटा समुहलाई पाठापाठी वितरण, व्यवसायिक फर्म प्रोत्साहन कार्यक्रम १० गरी जम्मा १०१ जना किसानलाइ अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

विगत वर्षहरुदेखि संचालन हुँदै आएको पशुको कृतिम गर्भाधान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १२ हजार पशुमा सेवा उपलब्ध गराइएको छ । उपमहाँनगरका ४ वटा सेवा केन्द्रहरु मार्फत पशुमा लाग्ने विभिन्न रोगको लागि आवश्यक औषधीहरु निशुल्क वितरण गरिनुका साथै मौसम अनुसारको घाँसको वीउ सेवा केन्द्र मार्फत वितरण भइरहेको छ ।

पशुहरुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्याकुते रोगहरुको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार निरन्तर हुँदै आएको छ । संघीय सरकारको सशर्त अनुदान बापत उपलब्ध भएको मासु मिसन कार्यक्रम अन्तर्गत विभिन्न १३ कृषक समूहलाई १३० वटा पाडा वितरण कार्य सम्पन्न गरिएको छ । साथै मिटमार्ट निर्माण कार्यका लागि माछामासु व्यवसायी संघसंगको सहकार्यमा पशु बधशाला निर्माण कार्य चालु अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*