जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन सुरु

छहारी संवाददाता
असार २८, २०७९

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ ।

कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले हिजोदेखि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको हो । बिहान ७ बजेदेखि १० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ७ बजेसम्म गरि तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरिएको प्रशासनले  जनाएको छ ।

कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि दैनिक तीन सिफ्टमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । तीन सिफ्टमा सेवा सुरु भएसँगै अब राहदानीकाे लागि दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ ।

यस अघि हप्तामा ८० जनाको मात्रै राहदानी फारम बुझ्ने गरिएको थियो । कार्यालयले राजश्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इनराेल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*