बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयको खर्च ६१ प्रतिशत मात्र
बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र यस मातहतका कार्यालयले चालु आर्थिक बर्षका लागि छुट्याएको बजेटमा ६१ दशमलब २८ प्रतिशत मात्र खर्च गरेको छ ।
निर्देशनालय र मातहतका कार्यालयका लागि चालु आर्थिक वर्षमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १२ अर्ब १२ करोड ९ लाख ६६ हजार रुपैयाँ बजेट छुटेयाएको थियो । त्यस मध्यमा ७ अर्ब ४२ करोड ७१ लाख ७८ हजार २ सय ९७ रुपैयाँ मात्र खर्च गरेको हो ।
बागमती प्रदेश सरकारको सबै भन्दा बडी रकम यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालय मार्फत गरिदै आएको छ । तर, यस कार्यालय मातहतका कार्यालयले पठाएको रकम मध्यमा धेरै रकम खर्च गर्न नसकेका हुन् ।
चालु आर्थिक वर्षमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले भने ८८ दशमलब ६१ प्रतिशत खर्च गर्न सफल भएको सूचना अधिकारी हरि प्रसाद ओझाले जानकारी दिनुभयो । निर्देशनालयका लागि बिभीन्न ठुला पूर्वाधारका काम गर्नका लागि भनेर चालु आर्थिक वर्षमा ५५ करोड ७९ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस मध्यमा ४९ करोड ४४ लाख ४ हजार २ सय ४५ रुपैयाँ खर्च गरिएको ओझाले बताउनुभयो ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय चितवनले ५९ दशमलब ८४ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरले ५७ दशमलब ४८ प्रतिशत, पूर्वाधार विकास कार्यालय काभ्रपलान्चोकले ५३ दशमलब ९६ प्रतिशत, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले ६० दशमलब २९ प्रतिशत, पूर्वाधार विकास कार्यालय रामेछापले ५४ दशमलब ९९ प्रतिशत, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६० दशमलब ८५ प्रतिशत, प्रादेशीक सडक डिभिजन कार्यालय धादिङले ५७ दशमलब १४ प्रतिशत, प्रादेशीक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८ दशमलब २१ प्रतिशत मात्र रकम खर्च गरेको ओझाले जानकारी दिनुभयो ।