बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत रोपाइँ सकियो

छहारी संवाददाता
असार २७, २०७९

बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा कुल क्षेत्रफलको ४३ प्रतिशत अर्थात ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको हो । वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो ।

प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंमा रोपाइँ भएको छ । काठमाडौंमा ८० प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

यस्तै, सबैभन्दा कम रोपाई धादिङमा भएको छ । धादिङमा ११ प्रतिशत मात्र रोपाई भएको हो । यसैगरी, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५, भक्तपुरमा ७०, सिन्धुलीमा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, चितवनमा ४०, नुवाकोटमा ४५ रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयका प्रवक्ता कँडेलले बताउनुभयो ।

बागमती प्रदेशमा कूल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा धान खेती हुने गरेको उहाँले बताउनुभयो । साभारः तुखबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*