नेपाली कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिलाई सम्मान गर्ने

छहारी संवाददाता
असार १९, २०७९

नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिलाई सम्मान गर्ने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो सातामा मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान तथा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले दुवै मिर्गौला खराव भएर उपचाररत कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य रामकृष्ण प्रजाको उपचारको व्यवस्था र आर्थिक संकलनको लागि ३ सदस्यीय समिति बनाईएको छ ।

कांग्रेस मकवानपुरका संगठन विभाग प्रमूख शैलेन्द्र बानियाँको संयोजकत्वमा जिल्ला सदस्यहरु कालू घलान र खेम चेपाङ सदस्य रहेको नेता प्रजाको उपचार व्यवस्था तथा आर्थिक सहयोग संकलन समिति बनाईएको प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो । बैठकमा स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*