बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ ।
असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बिहीबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित भएाको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव पेश गर्न अनुमति दिनु भएको थियो ।
प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट ल्याएको छ । बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसंग ५९ सदस्य छन् । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्ब रुपैयाँले बढी छ ।
यसैबीच बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।