हेटौंडा ५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा ५ मा बिहिबार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३००४ प १५९९ नंबरको मोटरसाईकल राधाकृष्ण मन्दिर नजिकै ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बागमती प्रदेश ०३(००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षका विशाल थापाको मृत्यु भएको हो । उनको उपचारको क्रममा सञ्चो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलमा सवार २५ वर्षका लक्ष्मण आचार्य र हेटौंडा १८ का २३ वर्षका सुमन थापा घाईते भएको र उनिहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।