राक्सिराङ ६ का किसानलाई मौरीको घार वितरण

छहारी संवाददाता
जेष्ठ १६, २०७९

राक्सिराङ गाउँपालिकाका किसानलाई सोमबार मौरीको घार वितरण तथा तालिम सम्पन्न गरिएको छ । महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपाल मकवानपुरको आयोजनामा राक्सिराङ वडा नम्बर ६ का ४० जना किसानलाई ८० ओटा मौरीका घार वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग तथा राक्सिराङ गाउँपालिकाको साझेदारीमा भएको कार्यक्रममा किसानहरुलाई मौरी पालन सम्बन्धी अनफिल्ड तालिक समेत दिइएको थियो ।

कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत देव चन्द्र गर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपाल मकवापुरकी अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर डा अध्यक्ष अक्कल बहादुर मुक्तानको विशेष आतिथ्यता रहेको थियो ।

leaving no one behind in Nepal´s green, resilient and inclusive COVID-19 Recovery” अन्तरगत राक्सिराङ गाउँपालिकामा दिगो कृषि अभ्यास र ग्रामीण इको टुरिजम मार्फत ग्रामीण जीवनयापन अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*