क्यानडामा हुने २ एक दिवसीय क्रिकेटका लागि राष्ट्रिय टोलीको बिदाइ

छहारी संवाददाता
असार १३, २०७९

क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्याण्डको जस्तै रहेकाले यो भ्रमण लिग टूका लागि उपयोगी हुने बताए । उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्याण्ड जाने बताए । ‘स्कटल्याण्डमा हुने सबै खेलहरुमा राम्रो गरे लिग टूमा पनि माथि जाने अवसर हुनेछ’, उनले भने ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिग टूमा स्कटल्याण्डमा चुनौतीका रुपमा रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*