संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले मगरद्वारा राजीनामा

छहारी संवाददाता
असार १२, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिनुभएको छ ।

आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिनुभएको हो । उहाँले आफ्नाे कामबाट ९० प्रतिशत सन्तुष्ट रहेकाे बताउनुभयाे ।

गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । आज राजीनामा दिँदै उहाँले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी गर्नुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*