बजेटमाथी असन्तुष्ट एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

छहारी संवाददाता
असार १२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको आरोप लगाउँदै एमालेले सभामा अवरोध सिर्जना गरेको हो ।

प्रदेशसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर प्रदेशसभा बैठक स्थगितको माग राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराउनुभएको थियो । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषयमा बैठकमा जानकारी गराउनुभयो ।

उहाँले बजेट सत्तापक्ष केन्द्र भएको र मूख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत बजेट आएको बताउँदै सिमेन्ट उद्योग माथि कर हटाउने प्रस्ताव हटाउनु पर्ने जस्ता विषयमा राजनीतिक सहमति आवश्यक भएकाले संसद अघि बढाउन नसकिने बताउनु भएको थियो ।

त्यस लगतै एमाले सांसदहरू उठेर संसदमा अवरोध गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक सोमबार विहान ११ बजे बस्ने गरि स्थगित गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*