हेटौंडामा पनि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
हेटौंडामा पनि लागुऔषध दुरुपयोग तथा अवैध ओसार(पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।
हेटौंडा ९ पशुपतिनगर ईलाका प्रहरी कार्यलयको मुख्य समन्वयमा मकवानपुर जिल्ला प्रवेश गर्ने नाका रातोमाटे चेकपोइन्टमा सचेतना प्रवाह गरी दिवस मनाइएको हो । मानविय स्वस्थ्य संकटको बेला झन्, लागुऔषध चुनौतिको गरौं संबोधन भन्ने राष्ट्रिय नारासहित कार्यक्रम सम्पन्न भएको हो ।
सिआन पुर्नस्थापना केन्द्र मकवानपुर र पिरु फाउन्डेसनको आयोजनामा भएको सचेतना कार्यक्रममा रिकभरिगं नेपाल, जिल्ला स्वस्थ्य कार्यलय, गैर सरकारी संस्था महासंघ, जिल्ला युवा समिति, हेटौंडा उपमहानगरपालिका ९ र १५ नम्बर वडा कार्यलयको समन्वय रहेको थियो ।
साथै द स्कुल अफ साईकोलोजी, हजुरको खबर, योगदान राष्ट्रको लागि, लाएन्स क्लब अफ हेटौडा भुटनदेवि सेन्टेनियल, लियो क्लब अफ हेटौडा भुटनदेवी, अमेरिकन दुतावास, युवा परिषद, गोल्ड जिम, मामाघर नेपाल र हेटौंडा एकेडेमीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।