हेटौंडा उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को बजेट २ अर्ब ७१ करोड
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार हेटौंडा भएको नगरसभा उपमेयर राजेश बानियाँले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो ।
नेकपा एमालेले राखेको मागलाई मेयरले सम्बोधन गर्ने भएपछि गत असार १० गते स्थगित नगरसभा आज भएको हो । एमाले सम्बद्व ५४ जना बहुमत सदस्यले पेश गरेको संसोधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने, विषयगत समितिहरू सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामुहिक छलफलबाट टुङ्गो लगाउने मेयर मिना कुमारी लामाको प्रतिबद्धता पछि नगरसभा भएको हो ।
नगरसभामा प्रस्तुत बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ ।
वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।
यस्तै सपथ ग्रहणपछिको पहिलो निर्णय कार्यान्वयन गर्न ५३ लाख विनियोजन गरिएको छ । कार्यभार सम्हालेको दिन मेयर लामाले सीमान्तकृत तथा गरिव १ हजार ५ सय ४१ घरपरिवारको स्वास्थ्य वीमा, खानेपानी र विद्युत समेत निशुल्क गर्ने निर्णय गरिएको थियो ।