बागमती प्रदेशसभामा आजबाट बजेटमाथी छलफल चल्दै, बजेट नसच्याए विरोध गर्ने प्रतिपक्षको अडान
बागमती प्रदेशसभाको बैठक आजबाट सुरु हुदैछ । दिउँसो २ बजे बोलाइएको बैठकमा प्रदेश सरकारले ल्याएको बजेट माथी छलफल हुनेछ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट असार १ गते प्रस्तुत गरेको हो । चुनावी प्रचार अभियान अन्तरगत प्रदेश सरकारले पक्षपात ढंगले प्रतिपक्षी दललाई वेवास्ता गरेर बजेट ल्याएको भन्दै विरोध भइरहेको छ ।
बजेटमाथी छलफल गर्न बोलाइएको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु भने उपस्थित नहुने संकेत देखिएको छ । प्रदेश सरकारले १३ वटा जिल्लाका नागरिकमा विभेदकारी बजेट ल्याएको भन्दै एमालेले यसको चर्कोे विरोध गर्दै आएको छ ।
एमालेले विभेदकारी नीति नसच्याए बैठक चल्नै नदिने अडान लिएको दुई दिनसम्म चलेको नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले सरकारको विभेदकारी नीति नसच्याएसम्म प्रदेशसभा चल्न नदिने बताउँदै आएको छ ।
यता, विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले पनि प्रदेश सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको बताउनु भएको छ । आफ्नो पार्टीको लाइन विरोध गर्ने, बैठक अवरुद्ध गर्ने नभएको कारण चित्त नबुझेको कुरा बैठकमै राख्ने पौड्याल बताउँहुन्छ ।