हेटौंडामा यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आवश्यक सिप तथा आय मुलक कार्यक्रम सम्बन्धी छलफल सुरु
यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आवश्यक सिप तथा आय मुलक कार्यक्रम सम्बन्धमा हेटौंडामा छलफल सुरु भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सुरु भएको छलफल कार्यक्रम २ दिन चल्नेछ ।
प्रदेशका यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आयमुलक सिप विकासका तालिम तथा अवसरको व्यवस्थापन मिलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको फेण्ड्स हेटौंडाकी संयोजक किरण थापाले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका १३ बटै जिल्लाका यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिककहरुले आफ्ना समस्या र भोलीको दिनमा आवश्यक पर्ने कदमहरुको बारेमा आफ्ना भनाई राखेका थिए ।
बागमती प्रदेश युवा परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा फेण्ड्स हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै चौलागाईंले लैङ्गिक अल्पसंख्यक समुदायलाइ स्वरोजार बनाउन आबश्यक सिपमुलक,व्यावसायिक तालिम दिन युवा परिषद तयार रहेको बताउनुभयो ।
छलफल कार्यक्रममा यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरु, रिकभरिङ्ग सेन्टरका प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो । दुई दिने कार्यक्रम अन्तरगतको कार्यक्रम आइतबार समापन हुने फेण्ड्स हेटौंडा, मकवानपुरकी संयोजक किरण थापाले बताउनु भयो ।