नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित

छहारी संवाददाता
असार ११, २०७९

नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

शनिबार सम्पन्न १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट श्रेष्ठ निर्वाचित हुनु भएको हो । राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्ष बन्नु भएको हो । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र प्राप्त गर्नुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी विजयी हुनु भएको छ । महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुनुभयो ।

सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ विजयी हुनुभयो भने कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित हुनुभयो । महासंघको सह–कोषाध्यक्षमा राजन केसी निर्वाचित हुनुभयो । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रदेश १ मा विद्यापति उपाध्याय, मधेश प्रदेशमा ध्रुव अर्याल, बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा, गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ ।

महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*