एसइई दिएर बसेका विद्यार्थीद्वारा विज्ञान सम्बन्धि विभिन्न नमूना तयार(तस्वीरहरु)

छहारी संवाददाता
असार ११, २०७९

एसइई परीक्षा दिएर बसेका विद्यार्थीले विज्ञान सम्बन्धि विभिन्न नमूना तयार पारेका छन् ।

एस्ट्रोनोभा फाउन्डेशन नेपालले हेटौंडामा आयोजना गरेको तालिममा सहभागि विद्यार्थीले स्मार्ट डस्टविन, लेजर लाइट सेक्यूरीटी, स्वचालित सडक बत्ती, स्मार्ट घर, अब्सट्याकल डिटेक्टिभ भेइकल तयार पारेका हुन् । विद्यार्थीले तयार पारेका सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले बनाएका फोहोर हाल्दा आफै खुल्ने र आफै बन्द हुने स्मार्ट डस्टविनलाई परिस्कृत गरेर मकवानपुरका सबै स्थानीय तहलाई दिने योजना रहेको कार्यक्रममा सहजकर्ता रामप्रसाद पण्डितले बताउनुभयो ।

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि आयोजना गरिएको ११ दिने कार्यशालामा सिकेको अनुभवको आधारमा विद्यार्थीहरुले सामग्री तयार पारेका हुन् । असार १ गतेदेखि ११ गतेसम्म रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो ।

यस्ता कार्यशालाले विधार्थीहरुको ज्ञान र सिपलाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने फाउण्डेशनका अध्यक्ष किसन बास्तोलाले जानकारी दिनुभयो । फ्यूचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी, एस्टोबेटेक प्रालि र नारायणी कलेजको सहयोगमा कार्यशाला भएको हो । कार्यशालामा बारा, पर्सा, रौतहट, मकवानपुर, जनकपुरका विभिन्न विद्यालयका ३३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*