उमेर पुगेका विश्वभरका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित

छहारी संवाददाता
असार ११, २०७९

अहिले विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यही हप्ता प्रकाशन गरेको प्रतिवेदनमा दीर्घकालीन द्वन्द्व, आपतकालीन परिस्थिति, खडेरी, गरिबी लगायतका कारण २२ करोड २० जना बालबालिका विद्यालय जान नपाएका उल्लेख छ ।

यस अघि सन् २०१६ मा विद्यालय उमेर भएर पनि विद्यालय जान नपाएकाहरुको संख्या सात करोड ५० लाख थियो । विद्यालय जान नपाएका बालबालिकाको ५४ प्रतिशत बालिकाहरु रहेका छन् । विद्यालय जान नपाउनेमध्ये १७ प्रतिशत विस्थापित भएका कारण विद्यालय जान नपाएका हुन् ।

संयुक्त राष्ट्र संघको विश्वव्यापी शिक्षा कोष (इसीडब्लु) को प्रतिवेदनमा सशस्त्र द्वन्द्व र जबर्जस्ती विस्थापनपछि जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप तथा दीर्घकालीन संकटले बालबालिका विद्यालय जानबाट वञ्चित रहेको देखाएको छ । विद्यालय जान नपाउने बालबालिकाको झण्डै दुई तिहाई संख्या अफगानिस्तान, कंगो, इथियोपिया, माली, नाइजेरिया, सोमालिया, दक्षिण सुडान, सुडान, पाकिस्तान, यमन लगायत द्वन्द्व ग्रस्त दशेका रहेका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*