गंगा पौडेलको अध्यक्षतामा डिपिएल नेपालको हेटौंडा शाखा गठन
डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको हेटौंडा शाखा गठन भएको छ ।
शनिवार हेटौंडामा भएको छलफलबाट युवा व्यवसायी गंगा प्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितीको बरिष्ठ उपाध्यक्षमा सुमन कंडेल, उपाध्यक्षहरू सुमन अर्याल र सरला अधिकारी, महासचिवमा गणेश दुलाल, कोषाध्यक्ष अनिल बानियाँ, लगायत सर्वसम्मत चयन हुनु भएको छ । समितीले बाँकी सदस्यहरु पछि थप गर्नेछ ।
यस्तै कानुनी सल्लाहकारमा राज सापकोटा, जनसंम्पर्क संयोजकमा विनोद वाग्ले चयन हुनु भएको छ । डिपिएलका राष्ट्रिय अध्यक्ष सन्दिप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको छलफलबाट प्रविण मैनालीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । जसमा सहसंयोजक सरोज अधिकारी र सदस्य विजय कार्की रहनु भएको छ ।
सन् २०१२ मा भेषराज न्यौपानेको अध्यक्षतामा स्थापना भएको डिपिएल नेपाल सन् २०२१ देखि राष्ट्रिय अभियानका रुपमा अघि बढेको छ । पठन संस्कृतिको विकाससंगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व भन्ने मुल नारा बोकेको यस संस्थाको हाल हेटौंडा समेत गरी १२ ओटा शाखा विस्तार भएका छन् ।
झापाको दमकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाका शाखाहरु बिर्तामोड, कन्काई, गौरादह, विराटनगर, चितवन, बुटवल, काठमाडौं, पोखरा, पाल्पा, अर्घाखाँची हुँदै हेटौंडामा समेत विस्तार भएको हो । लाइव्रेरीको माध्यमबाट पुस्तक तथा पत्रपत्रिका पढ्ने बानीको विकास तथा व्यक्तित्व विकासका लागि डिपिएल नेपालले विभिन्न कार्य गर्दै आएको छ ।