एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

छहारी संवाददाता
असार ११, २०७९

मन्त्री हेरफेरको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

मन्त्रीहरू फेर्ने पार्टीकाे निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गरेर अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका १० जना मध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सहित सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेका छन् ।

उनीहरुले अध्यक्षलाई संयुक्त पत्र लेखेर आफूहरुले हिजो आठ बुँदे मागसहित अध्यक्ष नेपाललाई बुझाएको पत्रबाट अहिले हस्ताक्षर फिर्ता लिएको बताएका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*