मकवानपुरको बकैया र गढी गाउँपालिकाको यस्तो छ नीति कार्यक्रम
मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि तथा पशुपालन,पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिईएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसंग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलन समेत भइसकेको तथा वडा नंबर ५ र ६ मा नापीसक्साको कार्य भईरहेकोमा सबै वडाहरुमा नापीनक्सा गरी न्युनतम क्षेत्रफलको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन स्थानीय तहको तर्फबाट तिब्र प्रकृया अगाडी बढाईने तथा सो का लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने बताए ।
नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि तथा पशुपालन क्षेत्रको विकास गर्न अनुदानको कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषिजन्य तथा पशुजन्य उपजको सहज बजार पहुँचलाइ सुनिश्चित गराउन आवश्यक कार्यक्रमहरु ल्याईने जनाईएको छ ।
गाउँपालिकालाई कृषि उपजहरुमा आत्मनिर्भर बनाउँदै लैजान प्रोत्साहनको कार्यक्रमहरु ल्याईने नीति तथा कार्यक्रममा जनाईएको छ । यसैगरि,नीति तथा कार्यक्रममा गाउँपालिकामा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै पर्यटन प्रवद्धन गर्न पर्यटन गुरुयोजना निर्माण गरिने उल्लेख गरिएको छ ।
यसैगरी मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९्–०८०को लागि ६७ करोड ४४ लाख १२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेसनमा पालिकाका उपाध्यक्ष मान कुमारी पाख्रीन ९नेपाली०ले प्रस्तावित नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको सभामा उपाध्यक्ष पाख्रीनले क्षेत्रगत नीति तथा कार्यक्रमहरु पेश गरेकी थिइन् ।