छहारी संवाददाता
असार ११, २०७९

मकवानपुरका नौ वटा स्थानीय सरकारले बजेट आज ल्याउँदा हेटौंडा उपमहानगरपालिकाले शुक्रबार नगरसभामा बजेट प्रस्तुत गर्न सकेन । जिल्लाको थाहा नगरपालिका सहित अरु आज वटा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । तर, हेटौंडा उपमहानगरपालिकामा मेयर, उपमेयर र कार्यपालिकाका सदस्यहरुको आफ्नै अडानका कारण बजेट प्रस्तुत गर्न नसकिएको हो ।

एमालेका कार्यपालिका र नगरसभाका सदस्यहरुले मेयरले बैठक कार्यबिधि सम्वन्धी निवेदन समेत दर्ता गर्न नमानेपछी नगरसभा बस्नका लागि समेत समस्या भएको जनाएको छ । आज १० बजेका लागि बैठक बाृलाइए पनि गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको हो ।

बिहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भए तर सबैदलिय बैठक, मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु समेतको बैठक र छलफल भएपनि सहमतीमा पुग्न नसक्दा नगरसभा स्थगित भएको हो । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले नगरसभा आइतबार बिहान १० बजेका लागि पुनः बोलाउनु भएको छ । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाको बैठक बोलाइएको थियो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको छ । कुल ९५ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् । वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*