कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

छहारी संवाददाता
असार ११, २०७९

मकवानपुरको कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सभाले आर्थिक तथा विनियोजन विधेयक समेत पारित गरेको छ ।

पालिकाको दशौं गाउँसभामा विधायन समितिका संयोजक भुवनसिं घलानले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए । बैठकले आर्थिक तथा विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*