योगमार्फत शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउन स्वास्थ्य मन्त्री लामाको आग्रह
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउन आग्रह गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार स्वास्थ्य सन्देश जारी गर्दै उहाँले आधुनिकता र व्यवस्तताको अहिलेको समयमा पनि योगको महत्व उत्तिकै रहेकाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउनु प्रदेशबासीलाई आग्रह गर्नु भएको हो ।
उहाँले प्रदेश सरकारले आफ्ना आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत योग अभ्यास र प्राकृतिक चिकित्सा पद्धतिलाई जनमानसमा पु¥याउने काम गरिरहेको बताउनुभयो । योगको महत्वलाई नागरिक तहसम्म बुझाउने र प्राकृतिक चिकित्सा पद्धति अवलम्बन गर्नेहरुको संख्या अभिबृद्धिका लागि स्वास्थ्य मन्त्रालयले काम काम गरिरहेको उहाँको भनाई छ ।
‘योगलाई दैनिक रुपमा अभ्यास गर्नेहरुका लागि एक व्यायाम मात्र होइन भनिन्छ । संयूक्त राष्ट्र संघका अनुसार योग सन्तुलन र सद्भाव कायम गर्ने प्रतिकको रुपमा रहेको छ । जब योग समूदाय र समाजहरुमा लागू गरिन्छ, यसले दिगो जीवनको लागि मार्ग प्रदान गर्दछ ।’–सन्देशमा उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण शारीरिक स्वास्थ्यका साथै मनोवैज्ञानिक पिडा र मानसिक स्वास्थ्य समस्या समेत बढाएको अवस्थामा योगको महत्व झन बढेको जर्नाइएको छ । ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको आठौं संस्करण मनाईदैछ ।