हेटौंडा अस्पतालको बेथिती विरुद्ध अस्पताल परिसरमा युवाहरुको धर्ना

छहारी संवाददाता
असार ६, २०७९

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बेथिती विरुद्ध युवाहरुले धर्ना अभियान सुरु गरेका छन्।

अस्पतालमा बेथिति बढदै गएको, बिरामीले उपचारमा सास्ती पाउनु परेको भन्दै स्वस्फुर्त रुपमा युवाहरु धर्नामा बसेका हुन् । युवाहरु बिहान १०ः३० देखि १२ः३० सम्म दुई घण्टा अस्पाताल परिसरमा धर्ना बसेका हुन् ।

अस्पताल सुधार हुनुपर्ने, ड्यूटी आवरमा डाक्टर अस्पतालमै भेटिनुपर्ने, बिमाको औषधी उपलब्ध हुनुपर्ने, अस्पताल प्रशासनले सुधारमा ध्यान दिनुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।

हरेक दिन बिहान १०ः३० बजेबाट अस्पतालको प्रशासन अगाडी दुई घण्टा धर्ना दिइने अभियानमा सहभागीले बताएका छन् । अस्पताल सुधारका लागि आफुहरुले दवाब अभियान सुरु गरेको उनीहरुले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*