मकवानपुरमा स्थगन भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन आजबाट सुरु
मकवानपुरमा चट्याङका कारण स्थगन भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन आजबाट सुरु भएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सुचना जारी गरी स्थगन भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन आजबाट सुरु हुने जानकारी दिनुभएको हो ।
यही असार १ गते बर्षासंगै परेको चट्याङको कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको मेशिन विग्रिएको थियो ।