निशुल्क आँखा शिविरमा ५५० विद्यार्थीको आँखा परिक्षण
हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श ईङ्लीस बोर्डिङ स्कुलमा शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको छ ।
रोट्रयाक्ट क्लब अफ हेटौंडाको आयोजना तथा हेटौंडा १० आँखा अस्पताल गेटमा रहेको शान्ति अप्टिकलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण शिविर संचालन भएको हो । शिविरमा ५५० जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । तिमध्ये २४ जना विद्यार्थीको आँखामा समस्या देखिएको विद्यालयका प्रिन्सिपल नवीन केसीले जानकारी दिनुभयो ।
शिविरमा विद्यार्थीहरुको आँखा परिक्षणसंगै निशुल्क औषधि वितरण तथा स्वच्छता सम्बन्धी सचेतना समेत प्रदान गरिएको थियो । विद्यालयमा करीब ६ सय विद्यार्थी अध्यनरत छन् । शिविरमा शान्ति अप्टिकलका आखाँ रोग विशेषज्ञ डाक्टर ऋतिक भट्टराईले आँखा परिक्षण गर्नु भएको थियो । व्यवसायसंगै सामाजिक कार्यको लागि विद्यार्थीहरुको लागि निशुल्क सेवा प्रदान गरेको सञ्चालक सुदीप सिं ठकुरीले बताउनुभयो ।