हेटौंडा अस्पतालमा सुत्केरी भएकालाई स्यानेटरी प्याड वितरण

छहारी संवाददाता
जेष्ठ २७, २०७९

नेकपा एमाले निकट नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले हेटौंडा सुत्केरीका लागि स्यानेटरी प्याड वितरण गरेको छ ।

महासंघले आफ्नो १७ औं स्थापना दिवसका अवसरमा अस्पतालमा सुत्केरी भएका आमाहरुलाई स्यानेटरी प्याड वितरण गरेको हो । महासंघको स्थापना दिवसको अवसरमा हेटौंडा अस्पतालमा रहेका सुत्केरी, प्रसुतीका भर्ना भएका गर्भवती र शल्यक्रिया गरेका महिला बिरामीलाई स्यानेटरी प्याड वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष रामहरी ढकाल, संघका बागमती प्रदेश सह—इन्चार्ज पीताम्बर पन्त, मकवानपुर इन्चार्ज लिलाधर पौडेल, जिल्ला अध्यक्ष भोला प्रसाद चौलागाई, सचिव उत्सव चौलागाई लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*